सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

मङ्गलबार, १० साउन २०७९, ०९ : ५८
मङ्गलबार, १० साउन २०७९

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । सोमबार राति परेको अविरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएपछि सवारी चल्न सकेका छैनन् ।

कालीगण्डकी करिडोरको मालढुङ्गाबाट बलेवा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार उक्त पहिराले कालीगण्डकी करिडोरसँगै बागलुङबाट दक्षिण भेग कुस्मिशेरा र बरेङ जाने सडक खण्डसमेत अवरुद्ध गरेको छ । यससँगै बागलुङको दक्षिण भेग सडक सम्पर्कसँग टुटेको छ । 

उक्त स्थानमा दैनिकजसो पहिरो खसिरहेको छ । अहिले पहिरो पन्छाउनका लागि कालीगण्डकी करिडोर, बागलुङ नगरपालिका र सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । यस्तै आज बिहानदेखि अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्गको बुर्तिवाङ खण्ड पहिरो पन्छाए सँगै सञ्चालन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप