बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकै पहिलो लिखित ग्रन्थ मानिएको वेदको नाम के हो ?

मङ्गलबार, १० साउन २०७९, ०९ : ५२
मङ्गलबार, १० साउन २०७९

१, हरेक वर्ष अन्तर्राष्ट्रिय सङ्गीत दिवस कुन दिन मनाइन्छ ?
(क) जुन २१ तारिख (ख) जुन २२ तारिख (ग) जुन २३ तारिख (घ) जुन २४ तारिख 
२, लिच्छविलिपि नामक पुस्तकका लेखक को हुन् ?
(क) नयराज पन्त (ख) नयनराज पाण्डे (ग) दिनेशराज पन्त (घ) डा. नयनाथ पौडेल
३, नेपालमा सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला कुन हो ?
(क) मोरङ (ख) रौतहट (ग) पर्सा (घ) धनुषा
४, विश्वकप फुटवल २०२२ को आयोजना कुन देशमा हुँदैछ ?
(क) सउदीअरव (ख) कतार (ग) मलेसिया (घ) इन्डोनेसिया 
५, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन कहिले भएको थियो ?
(क) वि.सं. २०७९ जेठ २ गते (ख) २०७९ जेठ ३ गते (ग) २०७९ जेठ ४ गते (घ) २०७९ जेठ ५ गते  
६, काठमाडौँ स्थित घण्टाघरको निर्माण कुन राणा प्रधानमन्त्रीको पालामा भएको हो ?
(क) जङ्गबहादुर (ख) रणोद्दीपसिंह (ग) वीरशम्शेर (घ) चन्द्रशम्शेर 
७, पशुपतिनाथमा सन्ध्याकालीन आरतीको थालनी कहिलेदेखि भएको हो ?
(क) २०६३ सालदेखि (ख) २०६४ सालदेखि (ग) २०६५ सालदेखि (घ) २०६६ सालदेखि 
८, नेपालको पहिलो पर्यटन गाउँ घोषित भएको ठाउँको नाम के हो ?
(क) पोखराको बाटुले चौर (ख) नगरकोट (ग) स्याङ्जाको सिरुवारी (घ) घान्द्रुक  
९, मुलुककै जेठो सङ्ग्रहालय राष्ट्रिय सङ्ग्रहालय कहाँ रहेको छ ? 
(क) सुन्दरीजल, काठमाडौँ (ख) छाउनी, काठमाडौँ (ग) पाटन, ललितपुर (घ) कीर्तिपुर, काठमाडौँ
१०, नेपालमा हरेक वर्ष मनाइने नागपञ्चमीपर्व कुन दिन मनाइन्छ ?
(क) आषाढशुक्ल पञ्चमी (ख) श्रावणकृष्ण पञ्चमी (ग) श्रावणशुक्ल पञ्चमी (घ) भाद्रकृष्ण पञ्चमी 
११, विश्वकै पहिलो लिखित ग्रन्थ मानिएको वेदको नाम के हो ?
(क) ऋग्वेद (ख) यजुर्वेद (ग) सामवेद (घ) अथर्ववेद
                                 
                                    सही उत्तर 
१–(क), २–(घ), ३–(ख), ४–(ख), ५–(क), ६–(ग) ७–(ख), ८–(ग), ९–(ख), १०–(ग), ११–(क)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप