बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कच्चा पदार्थ अभावले राडीपाखी उद्योग बन्द

मङ्गलबार, १० साउन २०७९, ०९ : २७
मङ्गलबार, १० साउन २०७९

जुम्लाको एकमात्र राडीपाखी उद्योग बन्द भएको छ । कच्चा पदार्थको अभावका कारण उद्योग बन्द भएको हो । 

महिनौंदेखि उत्तरी नाका बन्द भएकोले उन आयत हुन सकेको थिएन। उन ल्याउन नसकेपछि तामाङ झोला तथा राडीपाखी उद्योगको काम बन्द भएको कुन्जाङ फुटिक तामाङले बताइन्। चिनियाँ भेडाको उनबाट बन्ने कोट, टोपी, झोला, गलबन्दी, कालो काम्लो, राडीपाखी उत्पादन हुदै आएको थियो। 

अहिले बजारमा माग धेरै भएपनि कोभिडपछि कच्चा पदार्थ संकलन गर्न नसक्दा उद्योग बन्द गर्नु परेको उनी बताउँछिन्। बिगत २ वर्षदेखि उद्योगको काम ठप्प छ। जुम्ली भेडाको कालो र सेतो उनबाट बन्ने सामग्रीको माग पनि बढ्दो छ। तर जुम्ली भेडाको उन छोटो हुने भएकाले अलि झन्झटिलो छ। चीनबाट आउने उन लामो र मुलायम हुने भएकाले सामग्री सजिलै उत्पादन हुने उनले बताईन्।

चन्दननाथ नगरपालिका २ निवासी तामाङले लोपोन्मुख राडीपाखी बेचेरै बार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्दै आएकी थिइन्। वर्षमा कच्चा पदार्थ खरिद, कामदारलाई ज्याला, सामान निर्यात गरी २० लाखको कारोबार हुने गरेको थियो।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप