प्रधानमन्त्रीबाट राजीनामा दिन तयार छैनन् जोनसन
मङ्गलबार, १० साउन २०७९, ०८ : ४४

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पूर्व कोषाध्यक्ष पिटर क्रुडासलाई आफू बेलायतको प्रधानमन्त्रीको रूपमा ‘राजीनामा दिन नचाहेको’ र प्रधानमन्त्रीबाट आफ्नो प्रस्थानलाई ‘पन्छाउन’ चाहेको बताएको टेलिग्राफले जनाएको छ ।
जोनसनले शुक्रबार दिउँसोको खाजामा क्रुडासलाई आफू ‘कन्जरभेटिभ पार्टीको नेताको रूपमा अर्को आमचुनाव लड्न चाहेको’ रिपोर्टमा उल्लेख छ । ‘बोरिसको दृष्टिकोणमा कुनै अस्पष्टता थिएन। उनी पक्कै पनि राजीनामा दिन चाहँदैनन्। उनी प्रधानमन्त्रीमा निरन्तर रहन चाहन्छन्,’ क्रुडासलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ।
बेलायतमा कन्जरभेटिभ पार्टीको नयाँ नेता चयनको लागि प्रक्रिया सुरु भइसकेको छ । कन्जरभेटिभको संसदीय दलमा निर्वाचित नेता प्रधानमन्त्री बन्न सक्छन् । सेप्टेम्बरको पहिलो सातासम्म देशले नयाँ प्रधानमन्त्री पाउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित