शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानडाको भ्यानकुभरमा गोली चल्दा बन्दुकधारीसहित ३ जनाको मृत्यु

मङ्गलबार, १० साउन २०७९, ०६ : ५७
मङ्गलबार, १० साउन २०७९

एक बन्दुकधारीले भ्यानकुभर नजिकै शृंखलाबद्ध गोली चलाउँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य दुई जनालाई घाइते भएका छन् । प्रहरीको जबाफी कारबाहीमा आक्रमणकारी मारिएका छन् । 

‘एक मात्र बन्दुकधारीले चार जनालाई गोली हानेका थिए’ लाङ्लीका प्रहरी प्रमुख गालिब भयानीले पत्रकार सम्मेलनमा भने पीडित मध्ये दुई जनाको मृत्यु भएको उनले बताए । त्यस्तै, बन्दुक हमलामा गोली लागेकी महिलाको अवस्था गम्भीर रहेको र चौथो व्यक्तिको खुट्टामा गोली लागेको उनले बताए ।  

अधिकारीहरूले अझै पनि पीडित र संदिग्धहरूको पहिचान गर्न र तिनीहरूबीचको सम्भावित सम्बन्धबारे अध्ययन गरिरहेको उनले बताए । छिमेकी अमेरिकामा सामूहिक गोली काण्डको लहर पछि प्रधानमन्त्री जस्टिन ट्रुडोले हाते बन्दुकको स्वामित्वमा कडाइको तयारी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप