बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रामेछाप स्थित खिम्ती खोलाकाे जलसतहले सतर्कता तह पार गर्‍यो

मङ्गलबार, १० साउन २०७९, ०६ : ३८
मङ्गलबार, १० साउन २०७९

रामेछाप स्थित खिम्ती खोलामा जलसतहले सतर्कता तह पार गरेको छ । रसनालु जल मापन केन्द्रमा जलसतहले सतर्कता पार गरेपछि तटीय क्षेत्रका बासिन्दालाई अलर्ट एसएमएस पठाइएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार त्यहाँ थप वर्षा हुने भएकाले जलसतह थप बढ्नसक्ने जोखिम छ । सोमबार रातिदेखि कास्कीको घलेखर्क वर्षा मापन केन्द्र र आसपासमा भारी वर्षा मापन भएको छ । 

घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ । ​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप