पहिराले घर पुरिँदा अछाममा तीनको मृत्यु
सोमबार, ०९ साउन २०७९, २० : २४
गएराति अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुका अमर विष्टको घर पहिराले पुरिँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय अछामका सूचना अधिकारी दीपेश रिजालका अनुसार मृत्यु हुनेमा अन्दाजी वर्ष २५÷२६ का वीरेन्द्र विष्ट, वर्ष ४५ की हरिकला विष्ट र वर्ष १५ का संविधान विष्ट रहेका छन् ।
यसैगरी घाइते हुनेमा वर्ष ६५ की नैना विष्ट रहेका छन्। गएराति अन्दाजी १ बजेतिर आएको पहिराले अमर विष्टको घर पुरिँदा घरभित्र सुतिरहेका तीनै जनाको मृत्यु भएको हो । यसैगरी घाइतेको नैना विष्टको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भुलुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा गएराति नै प्रहरी निरीक्षकको कमाण्डमा प्रहरीको टोली खटिए पनि दुर्गम क्षेत्र भएकाले अझै पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति
-
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै