बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

उमेश मानन्धर बने नेपालकै उत्कृष्ट मेकानिक

सोमबार, ०९ साउन २०७९, १९ : ०८
सोमबार, ०९ साउन २०७९

सिप्रदी अटोपार्टस् र टाटा मोटर्स् लिमिटडको आयोजनामा नेपालभरी छरिएर रहेका १२०० भन्दा बढी मेकानिकहरुको सिप र क्षमताको प्रतिस्पर्धा सम्पन्न भएको छ । उक्त प्रतिस्पर्धामा बनेपाका उमेश मानन्धर प्रथम, बुटवलका अम्बर गुरुङ द्वितीय र काठमाण्डौका डेम लामाले तृतीय स्थान हासिल गरेका छन् ।

प्रतियोगिता लिखित र मौखिक दुई चरणमा आयोजना गरिएको थियो । पहिलो चरणमा २०० र दोस्रो चरणमा ३० जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो । टाटा मोटर्स्का सवारी साधनहरुलाई देशको जुनसुकै स्थानमा जुनसुकै समयमा मर्मतसम्भार सहज रुपमा प्राप्त होस् भन्ने उदेश्यले स्थानीय मेकानिक्सहरुसँग सहकार्यका विभिन्न कार्यहरु अगाडि बढाइएको छ । जसमध्ये टाटा गुरु कार्यक्रम एउटा महत्वपूर्ण कार्यक्रम रहेको छ, र तिनै टाटा गुरुहरूलाई आवश्यक तालिम, ज्ञान र क्षमता अभिवृद्धि गराउँदै पनि आएको छ ।

बजारमा रहेका टाटा गुरुहरुको क्षमताको परिक्षण गरी आवश्यक सुधार गर्नुपर्ने ठाउँहरुको पहिचान गर्नका निमित्त टाटा गुरुहरुको क्षमताको प्रतिस्पर्धा गर्ने कार्यक्रमको नाम गुरुक्षेत्र रहेको सिप्रदी अटोपार्टस्का वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी बताउछन् । साथै यस प्रतिस्पर्धाबाट उत्कृष्ट तीन जनालाई अन्तराष्ट्रिय प्रतिस्पर्धामा पनि पठाइने उनी बताउछन् ।

३०० भन्दा बढी मेकानिक्सहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अन्य विभिन्न क्षेत्र र विधामा पनि उत्कृष्टता हासिल गर्ने टाटा गुरुहरू पुरस्कृत भएका छन् । चितवनको सेभेन स्टार होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनिजका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले सम्बोधन गर्नुभएको थियो । सबै टाटा गुरुहरुको क्षमता अभिवृद्धिको जिम्मेवारी सिप्रदीले लिने पनि बताउनु भएको छ ।

साथै कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनीका प्रमुख संचालन अधिकृत राजेश प्रसाद गिरीले पनि सम्बोधन गरेका छन् । टाटा मोटर्सका तर्फबाट इन्टरनेशनल बिजनेस हेड निल कुमार मिश्रले सम्पूर्ण गुरुहरूलाई धन्यवाद भन्दै अन्तराष्ट्रिय प्रतिस्पर्धाका लागि शुभकामना व्यक्त गरे । उक्त कार्यक्रममा सहभागी सम्पुर्ण मेकानिक्सहरुले टाटा मोटर्स्ले आफूहरूलाई उचित सम्मानका साथ सहकार्यको प्रतिबद्धता गरेकोमा धेरै खुसी रहेको कुरा बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप