विराटनगरका प्रमुख कोइरालाको सम्पत्ति : १० लाख नगद, साढे ४ बिगाहा जग्गा, ८० तोला सुन, ३ करोडको प्राडो
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आफ्नो सम्पत्ति विवरण महानगरपालिकामा बुझाएका छन् । यद्यपि अहिलेसम्म औपचारिक रुपमा उनको सम्पत्ति विवरण भने वेभसाइटमा राखिएको छैन ।
उनले बुझाएको सम्पत्ति विवरणमा यसअघि चर्चा गरिएजस्तो धेरै देखिएको छैन । उनले विराटनगरको वडा नम्बर १५ र वडा नम्बर ११ मा गरी झण्डै ५ बिगाहा जग्गा रहेको उल्लेख गरेका छन् । प्रमुख कोइरालाले आफ्नो नाममा रहेको मात्रै सम्पत्ति विवरण बुझाएको उनका प्रेस सल्लाहकार मिनकुमार नवोदित श्रेष्ठले बताएका छन् । ‘उहाँले आमा, बुबा, श्रीमती वा अन्य आफन्तको नाममा रहेको जग्गाको विवरण बुझाउनु भएको होइन,’श्रेष्ठले भने, ‘यो नितान्त उहाँको नाममा रहेको जग्गाको मात्रै विवरण हो ।’
बुझाएको विवरण अनुसार विराटनगर १५ मा कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५९८ मा गरी २८ हजार ७ सय १९ दशमलव ७८ वर्ग मिटर अर्थात् ८५ कठ्ठा जग्गा रहेको उल्लेख गरेका छन् । यो सबै जग्गा आफ्नो पैत्रिक सम्पत्ति रहेको उनले भरेको विवरणमा उल्लेख छ । यस्तै विराटनगर ११ मा पैत्रिक सम्पत्तिबाट पाएको ११ कठ्ठा जग्गा पनि आफ्नो रहेको उनले बताएका छन् । यद्यपि उक्त जग्गा आफ्नो भाइको नाममा रहेको कैफियतमा उल्लेख छ ।
कोइरालाले २० वर्ष अगाडि खरिद गरेको ८० तोला सुन पनि आफूसँग रहेको बताएका छन् । त्यसबेला ८ लाख रुपैयाँमा किनेको उनले बताएका छन् । यस्तै कोइरालाले सानीमा बैंकमा १० लाख रुपैयाँ नगद रहेको उल्लेख गरेका छन् । उक्त नगद पनि पैत्रिक सम्पत्तिबाटै आएको उल्लेख गरेका छन् । उनले आफ्नो नाममा रहेको टोयोटाको प्राडो १ थान रहेको बताएका छन् । जसको मूल्य तीन करोड बीस लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ । उक्त प्राडो पनि पैत्रिक सम्पत्तिबाटै खरिद गरेको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी