शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

३ अर्ब लगानीमा होटल र्याडिसनको चेन होटल विराटनगरमा

सोमबार, ०९ साउन २०७९, १८ : ३३
सोमबार, ०९ साउन २०७९

होटल र्याडिसनको चेन होटल प्रदेश १ को विराटनगरमा खुलेको छ । सेन्चुरी ग्रुप अफ कम्पनीले होटल र्याडिसनसँग अनुमति लिएर विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल खोलेको हो । 

होटल सञ्चालनको सम्पूर्ण तयारी पुरा भइसकेको र केही महिना भित्रै सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।  सोमबार संघीय राजधानी काठमाडौंस्थित  होटल र्याडिसनमा एक कार्यक्रमका बीच कम्पनीले ब्रान्ड अनुबन्धको सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । विराटनगरको विराट चोकमा रहेको होटल र्याडिसन ३० कठ्ठा क्षेत्रफलमा बनेको सेन्चुरी ग्रुप अफ कम्पनीका मालिक मोतिलाल दुगडले जानकारी दिए ।

सपिङ मलसहितको होटलमा स्वीट रुपसहित १४६ कोठाहरू रहेका छन् । पाँचतारे होटलमा हुने क्यासिनो, क्लब, स्वइमिङपुल, फिटनेस क्लब, स्पालगायत सम्पूर्ण सुविधाहरु उपलब्ध हुने उनले बताए । होटल र्याडिसन, विराटनगरको कुल लगानी ३०० करोड अर्थात् ३ अर्ब रुपैयाँ रहेको छ । कुल लगानी मध्ये ४० प्रतिशत कम्पनीको र  ६० प्रतिशत बैंकिङ फाइनान्सिङ रहेको दुगडले जानकारी दिए । 

लामो समयदेखि निर्माणाधीन होटलले हालै मात्र मुर्तरुप पाएको हो । धार्मिक पर्यटकदेखि हिमालै हिमालको प्रदेश नम्बर १ मा र्याडिसन जस्तो ब्रान्ड जानू कम्पनीको मात्र नभएर नेपाली पर्यटन क्षेत्रकै लागि खुशीको कुरा रहेको दुगडले बताए । यसअघि नै सेन्चुरी ग्रुप अफ कम्पनीले विराटनगरमै होटल ह्यारिसन सञ्चालन गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप