आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीले बुझायो सिसिटिभीको फरेन्सिक रिपोर्ट

सोमबार, ०९ साउन २०७९, १८ : ०९
सोमबार, ०९ साउन २०७९

नेपाल प्रहरीले अर्थ मन्त्रालयको सिसिटिभीको फरेन्सिक परीक्षण रिपोर्ट संसदीय समितिलाई बुझाएको छ । जेठ १४ मा बजेट घोषणाको अघिल्लो दिनको फुटेज परीक्षणका लागि संसदीय समितिले प्रहरीको केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाएको थियो । 

सोमबार संसदीय समितिलाई रिपोर्ट बुझाइएको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले रातोपाटीलाई बताए । उनले भने– ‘खामबन्दी रिपोर्ट समितिमा बुझाएका छौं ।’

बजेट निर्माणको अघिल्लो दिन असम्बन्धित व्यक्ति मन्त्रालयमा प्रवेश गरेको वा नगरेकोबारे संसदीय समितिले छानविन गरिरहेको छ । सिलबन्दी रिपोर्ट समितिको बैठकमा खोलिनेछ । समितिले जेठ १४ को फुटेज ‘रिकभर’ गर्न प्रहरीको ल्यावमा पठाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप