प्रचण्ड र वामदेवबीच भेटवार्ता
सोमबार, ०९ साउन २०७९, १८ : ०२

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटघाट भएको छ । प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र गौतमबीच बेलुका ५ बजेतिर भेटघाट भएको गौतमका स्वकीय सचिव दिपक टमाटाले बताए ।
दुई नेताबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको बताइएको छ । केही समय यता माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी बीचमा समाजवादी केन्द्र बनाउने बारे छलफल भइरहेको नेताहरुले दाबी गरेका छन् । प्रचण्ड र गौतमबीच आधा घण्टा मात्रै भेट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म