प्रज्ञा भवनमा प्रधानमन्त्री सहभागी कार्यक्रमा विरोध गर्ने ३ जना पक्राउ
सोमबार, ०९ साउन २०७९, १७ : ५९
प्रधानमन्त्री शेरबहादुर देउवालाई सार्वजनिक कार्यक्रममा विरोध गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा ३ जना युवाहरुले प्रधानमन्त्रीलाई ‘एमसिसिको मतियार’ र ‘नागरिकता विद्येयक खारेज गर’ भन्दै विराेध गरेका छन् ।
प्रदर्शनमा संलग्न ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए । प्रधानमन्त्री देउवा भीमसेन थापा स्मृति पुरस्कार प्रदान समारोहमा सहभागी हुन प्रज्ञा भवनमा भएका हुन् । पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
-
५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
-
‘स्वस्थ शिशु प्रतिस्पर्धा’ हुँदै, दरखास्त फाराम खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण