शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भारतकी नवनिर्वाचित राष्ट्रपतिद्वारा सपथ ग्रहण

सोमबार, ०९ साउन २०७९, १७ : १४
सोमबार, ०९ साउन २०७९

भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले सोमबार सपथ लिएकी छन् । भारतको १५ औँ राष्ट्रपतिका रुपमा निर्वाचित भएकी ६४ वर्षिया मुर्मुलाई प्रधानन्यायाधीश एनभी रमनले सपथ खुवाएका हुन् । भारतमा नवनिर्वाचित राष्ट्रपतिलाई संसद्‌मा सपथ खुवाउने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति मुर्मुका विरुद्धमा विपक्षी दलहरूले यशवन्त सिंहलाई उम्मेदवार बनाएका थिए । नवनिर्वाचित राष्ट्रपतिलाई सपथ खुवाउने बेलामा वर्तमान राष्ट्रपति रामनाथ कोभिन्द पनि संसद् हलमा गएका थिए ।

भारतमा गत जुलाई १८ मा राष्ट्रपति चयनका लागि निर्वाचन भएको थियो भने उपराष्ट्रपति चयनका लागि आगामी अगस्ट ६ मा निर्वाचन हुने भएको छ । वर्तमान उप राष्ट्रपति वेङ्कैया नायडुको कार्यकाल यही अगस्ट १० मा सकिने भएकाले नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो । उपराष्ट्रपति चयनका लागि यसअघि सन् २०१७ मा निर्वाचन भएको थियो । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप