शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एक वर्षमै एनआईसी एशिया बैंकमा १२ लाखभन्दा बढीले खोले खाता

सोमबार, ०९ साउन २०७९, १६ : ५७
सोमबार, ०९ साउन २०७९

एनआईसी एशिया बैंकले आ.व. २०७८/७९ को चौथो त्रयमासमा १२ लाख भन्दा बढी नयाँ खाताहरू थप गर्दै ४० लाख भन्दा बढी खाताहरू मार्फत ग्राहकहरू माझ सेवा गर्न सफल भएको छ । बैंकले देशभरका ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् ४० लाख भन्दा बढी खाता भएका खातावालाहरूलाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

अहिले देशको कुल जनसङ्ख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसङ्ख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको बैंकले जनाएको छ । देशको कुल जनसङ्ख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरिसकेको छ । 

एनआईसी एशिया बैंकको भौतिक एवं डिजिटल प्रणालीबाट लाखौँ ग्राहकहरूको सेवा गरिरहेका छन् । बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय नतिजामा खुद नाफा ३९ प्रतिशतले बढी रु. ४.५३ अर्ब पुगेको छ । 

बैंकले २०७८/७९ को चौथो त्रैमासमा आर्जन गरेको रु. ३९.१३ प्रति शेयर आम्दानीले बैंकलाई पूँजीबाजरमा समेत दरिलो संस्थाको रुपमा स्थापित गराएको छ । आर्थिक वर्ष ०५६/०५७ मा १ कित्ता बराबरको साधारण शेयरमा लगानी गर्ने शेयरधनीको हालसम्म आइपुग्दा उक्त शेयर सङ्ख्या १३.१२ कित्ता पुगेको छ भने त्यसको प्रतिफल आजको बजार मूल्यमा रु. ९,५२०.९७ बराबर प्रदान गर्न बैंक सफल भएको छ । 

‘विश्व जगतमा विकास भईरहेका आधुनिक प्रविधिको उचित प्रयोग गर्दै विकास गरिएका डिजिटल बैंकिङ्गका च्यानलहरू जस्तै एनआईसी एशिया मो–ब्यांक एप, आईसर्भ, आइटच एवं वेबसाइट मार्फत ग्राहकहरूले जुनसुकै समयमा, जुनसुकै स्थानबाट आफ्ना अधिकांश बैंकिङ्ग आवश्यकताहरू सहज एवं सरल रुपमा पूरा गर्न सक्नुहुनेछ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले भने ।

बैंकले आफूलाई पूर्ण रुपले ‘डिजिटल फष्ट बैंक’ बनाउने दीर्घकालीन रणनीति अवलम्बन गरेसँगै आईसर्भ मार्फत मोबाइल बैंकिङ्ग, ग्राहक सम्बन्धी सेवा, टेलर सेवा एवं कार्ड सम्बन्धी विभिन्न सेवाहरू अनलाइन अनुरोध गर्न मिल्ने व्यवस्था मिलाएको छ । साथै, एनआईसी एशिया मोबैंक एपमार्फत आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझ्ने, मुद्दती निक्षेप खाता खोल्ने, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, देशभर रहेका २५०० भन्दा बढी मर्चेन्टहरूमा आकर्षक छुट सहितको क्यूआर भुक्तानी, विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर आवेदन, कार्ड बिनै एटिएमबाट रकम झिक्न सकिने सुविधा लगायत दर्जनौँ सेवा लिन सकिनेछ ।

बैंकले निष्क्रिय कर्जालाई ०.४९ प्रतिशतमा सीमित राखेको छ । त्यसैगरी बैंकको कुल पूँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत र टायर वान क्यापिटल एडिक्वीसी रेसियो ८.९३ प्रतिशत पुर्‍याई पूँजी व्यवस्थापनतर्फ पनि उत्साहजनक नतिजा हासिल गर्न बैंक सफल भएको छ । 

आर्थिक वर्ष २०७८/७९ मा देशका अन्य वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूमा सबैभन्दा बढी कर दाखिला गर्ने बैंक हुन एनआईसी एशिया सफल भएको छ । स्थापना काल देखिको हिसाब हेर्ने हो भने यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप