‘मुस्कान’ फिल्ममा माधव नेपाल र वन मन्त्री यादवको अभिनय रहने
वन तथा वातावरणमन्त्री प्रदीप यादव फिल्म अभिनयमा देखिने भएका छन् । अभिनेता रमित ढुंगानाले बनाउन लागेको फिल्म ‘मुस्कान’ मा उनको अभिनय रहने भएको हो ।
फिल्ममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, नेता माधवकुमार नेपाल लगायतको समेत अभिनय रहनेछ । ‘मुस्कान’ एसिड सर्भाइभर किशोरी मुस्कान खातुनको जीवनमा आधारित रहेर बन्न लागेको फिल्म हो । साउन अन्तिमदेखि छायांकन सुरु हुने फिल्ममा मुस्कानको जीवनमा सहयोग गर्ने नेताहरुको भूमिका उनीहरुद्वारा नै निर्वाह गराउन लागिएको निर्देशक रमितले बताए ।
‘फिल्ममा बन मन्त्री यादव मात्र होइन, उनको जीवनमा सहयोगी बनेर देखापर्ने अन्य राजनीतिक नेताहरुको पनि देखिने छन्’ ढुङ्गानाले भने ‘माधव नेपाल, लालबाबु राउत लगायत पनि देखिनेछन् ।’ खातुनलाई वास्तविक जीवनमा सहयोग पुर्याउने पात्रलाई नै फिल्ममासमेट्न लागेको रमितको भनाइ छ । फिल्मको मुख्य भुमिकामा मुस्कान स्वयम् रहने छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण