बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले हजका नाममा भ्रष्टाचार गर्ने समितिलाई साथ दियो : सांसद खातुन

सोमबार, ०९ साउन २०७९, १६ : ३६
सोमबार, ०९ साउन २०७९

प्रतिनिधिसभा सदस्य कलिला खातुनले हजका नाममा भ्रष्टाचार गर्ने समितिलाई गृहमन्त्रालयले नै साथ दिएको आरोप लगाएकी छन् । सोमबार महिला तथा सामाजिक समिति अन्तर्गत मधेसी आयोगको समस्याका विषयमा छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । खातुनले भ्रष्टाचारको विषयमा पटक–पटक गृहमन्त्री बालकृष्ण खाँणसँग कुरा राख्दा उनले बेवास्ता गरेको समेत बताइन् ।

गृहमन्त्रीले कुनै सुनुवाइ नगरेको भन्दै उनले आफू धेरै दुःखी भएको पनि बताइन् । उनले भनिन्, ‘गृहमन्त्रीसँग भन्दा–भन्दा लाजै लागिसक्यो । तर उहाँले कुनै एक्सन अगाडि बढाउनुभएन ।’ मुस्लिम समुदायमा मर्नुभन्दा अगाडि एकपटक हज जानुपर्छ भन्ने परम्परा छ । आफ्नो धर्म जोगाउन मानिसहरु जग्गा जमिन बेचेर जाने निर्णय गर्छन् । समितिले धर्मकै आडमा भ्रष्टाचार गरेको समेत उनले बताइन् ।

हज समितिका अध्यक्ष शमशेर मिया भागेर हिँड्ने गरेको बताउँदै उनले अध्यक्षका कारण हाजीहरुले धेरै दुःख पाएको गुनासो समेत गरिन् । साथै, उनले मुस्लिम आयोगमा तीन जना सदस्यमध्ये एकजना महिला सदस्य ल्याउन आवश्यक रहेको पनि बताइन् । कमिटीमा कर्मचारीदेखि अध्यक्ष समेतले भ्रष्टाचार गरेको भन्दै हज कमिटी मुस्लिम आयोग अन्तर्गत चल्नुपर्ने उनको माग छ । उनले  मदरसा बोर्डको आवश्यकता रहेको समेत बताइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप