शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

भारततिर ‘दिलवाले रक्सी’ तस्करी !

सोमबार, ०९ साउन २०७९, १६ : १४
सोमबार, ०९ साउन २०७९

मोरङबाट भारततर्फ ‘दिलवाले रक्सी’ तस्करी हुने गरेको पाइएको छ ।  मोरङ प्रहरीले जहदा गाउँपालिका १ कालाबञ्जराबाट भारत लैजान लागेको १५० कार्टुन उक्त रक्सीसहित एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । 

आइतबार राती १० बजे प्रहरी टोलीले को १ त ५९१३ नम्बरको ट्याक्टरमा लोड गरी लाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । बरामद गरेको रक्सीको मूल्य १ लाख ३५ हजार बराबरको छ । ट्याक्टर चालक भने फरार रहेका छन् । नियन्त्रणमा लिएको रक्सी आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप