सेयर बजार ५४.४५ अंकले वृद्धि, कारोबार रकम पनि बढ्यो
सोमबार, ०९ साउन २०७९, १५ : ३९
सेयर बजारमा हरियाली छाएको छ । साताको दोस्रो कारोबार दिन सोमबार पनि बजार ५४.४५ अंकले वृद्धि भएको हो । नेप्से परिसूचक २१३२.९६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । सोमबार सबै समूहहरु हरियाली बनेका छन् ।
उक्त दिन कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब १० करोड ६८ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिदिबिक्री भएको छ । सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ ।
सोमबार कम्पनीको १५ करोड २९ लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको अरुण कावेली पावरको १४ करोड ५१ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
यस्तै, नेपाल टेलिकमको ११ करोड ५१ लाख ७ हजार, हिमालयन डिस्टीलरीको ११ करोड ४९ लाख ८४ हजार र अपर तामाकोशीको १० करोड ६० लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण