आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजार ५४.४५ अंकले वृद्धि,  कारोबार रकम पनि बढ्यो

सोमबार, ०९ साउन २०७९, १५ : ३९
सोमबार, ०९ साउन २०७९

सेयर बजारमा हरियाली छाएको छ । साताको दोस्रो कारोबार दिन सोमबार पनि बजार ५४.४५ अंकले वृद्धि भएको हो । नेप्से परिसूचक २१३२.९६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । सोमबार सबै समूहहरु हरियाली बनेका छन् ।

उक्त दिन कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब १० करोड ६८ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिदिबिक्री भएको छ । सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ ।

सोमबार कम्पनीको १५ करोड २९ लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको अरुण कावेली पावरको १४ करोड ५१ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस्तै, नेपाल टेलिकमको ११ करोड ५१ लाख ७ हजार, हिमालयन डिस्टीलरीको ११ करोड ४९ लाख ८४ हजार र अपर तामाकोशीको १० करोड ६० लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप