भ्रमको राजनीति नगर्न एमालेलाई काँग्रेस सूर्यविनायकको चेतावनी
नेपाली काँग्रेस सूर्यविनायक नगर समितिले आफ्ना कुनै वडा इकाइ सभापति र कार्यकर्ता अन्य अन्य दलमा प्रवेश नगरेको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यममा काँग्रेसका वडा इकाइ सभापतिसहित सिंगो कार्यसमिति एमालेमा प्रवेश गरेको समाचार आइतबार बाहिर आएको थियो । सो समाचार प्रकाशित भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै कांग्रेस सूर्यविनायकले आफ्ना कुनै नेता कार्यकर्ता एमालेमा प्रवेश नगरेको दाबी गरेको हो ।
काँग्रेस सूर्यविनायक नगर सभापति निशान ढुंगेलले प्रेस विज्ञप्ति जारी गर्दै एमाले प्रवेश गरेका भनिएका राजेन्द्र त्वातीलाई पार्टीले कारवाही गरी साधारण सदस्यबाट समेत निस्कासन गरिसकेको जानकारी दिए । ‘त्वातीले गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएकाले पार्टीले तत्कालै साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरिसकेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले कारवाही गरिसकेका नेता कार्यकर्तालाई काँग्रेसकै नेता कार्यकर्ता जस्तो गरी प्रचार गरिएको समाचारप्रति काँग्रेसले आपत्तिसमेत जनाएको छ । पार्टीले कारबाही गरिसकेका जोकोहीलाई स्वतन्त्र बस्ने वा अन्य दलमा जाने छुट भएको जनाउँदै विज्ञप्तिमा भ्रमको राजनीति नगर्न एमालेलाई चेतावनीसमेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)