भारत : झोलामा भेटिएको थियो काटिएको खुट्टा, अवकाशप्राप्त अधिकारीले गरे जवान छोराको हत्या
भारतको अहमदाबादको वासणा इलाकामा चार दिन अघि अर्थात् २१ जुलाईमा टाउको, हात र खुट्टा बिनाको एउटा शव भेटिएपछि सनसनी मच्चिएको थियो । घटनाको तीन दिनपछि वासणाबाट करिब ३ किलोमिटर टाढा एलिसब्रिज इलाकाबाट शवको खुट्टा भेटियो । प्रहरीले सिसिटिभी फुटेजबाट घटना सुल्झाएको छ । शव स्वयम जोशी नामको युवकको हो । हत्या उनकै वृद्ध पिता निलेश जोशीले गरेका थिए ।
प्रहरीले निलेश जोशीलाई शनिबार बेलुका राजस्थानबाट पक्राउ गरेको छ । पिताले आफ्नो अपराध पनि स्वीकार गरिसकेका छन् । पिताले बताए अनुसार छोरा अत्यधिक रक्सी खान्थे र रक्सीको तालमा झगडा पनि गर्दथे । यसैबाट आजित भएर उनले सुतिरहेका छोरालाई सुरुमा धारिलो हतियारले मारे, त्यसपछि ग्राइन्डरले टाउको, हात र खुट्टालाई शवबाट अलग पारे ।
सिसिटिभी फुटेजमार्फत् खुलासा
२१ जुलाई अर्थात् अघिल्लो बिहिबार फोहोर संकलन गर्नेहरुले एउटा प्लास्टिकको झोलामा कुनै शवको काटिएको अंग भरिएको छ भन्ने जानकारी प्रहरीलाई दिए । प्रहरीले आसपासको सीसीटीभी फुटेजको अनुसन्धान गर्दा एक अधबैंसे उमेरका व्यक्तिले स्कुटरमा त्यहि झोला लगिरहेको देखिए । प्रहरीले स्कुटरको नम्बर निकाले । जब स्कुटर मालिकसम्म प्रहरी पुग्यो तब त्यो स्कुटर उनले अम्बावाडी इलाकामा बस्ने निलेशलाई बेचिदिएका छन् भन्ने पत्ता लाग्यो ।
सीसीटीभीमा कैद भयो घटना
स्कुटरबारे जानकारी पाउने बित्तिकै प्रहरी अम्बावाडी सोसाइटीमा निलेशको घर पुग्यो । घरमा ताल्चा लगाइएको थियो । प्रहरीले ताल्चा खोलेर प्रवेश गर्दा भुइँको चारैतिर रगत देखियो । त्यसपछि प्रहरीले उक्त घरको अगाडि भएको अर्को घरमा राखिएको क्यामरा अनुसन्धान गर्यो तब त्यसमा निलेश शवको टुक्रालाई पोलिथिनमा भरेर फ्ल्याटबाट बाहिर निस्किरहेको देखिए ।
पिता फरार भइसकेका थिए
प्रहरी त्यहाँ पुगुञ्जेलसम्म निलेश घरबाट फरार भइसकेका थिए तर त्यति नै बेला प्रहरीले उनको मोबाइलको लोकेसन पत्ता लगाइसकेको थियो । लोकेसन राजस्थानमा थियो । प्रहरीले राजस्थान प्रहरीसँग सम्पर्क गर्यो र शनिबार बेलुका नै निलेशलाई पक्राउ गरियो । सोधपुछमा निलेशले उक्त शव आफ्नै छोरा स्वयमको भएको स्वीकार गरे ।
अवकाशप्राप्त सरकारी कर्मचारी हुन् आरोपी
आरोपी निलेश एसटी बस डिपोका अवकाशप्राप्त कर्मचारी हुन् । निलेशकी श्रीमतीको निधन भइसकेको छ । पिता–छोरा सँगै बसिरहेका थिए जबकी बहिनी नजिकैको फ्ल्याटमा बस्छिन् । बहिनीको विवाह भएको छैन । हत्यामा आरोपी पिताबाहेक अन्यको पनि संलग्नता छ कि भन्ने अनुसन्धानमा प्रहरी जुटेको छ । त्यत्रो दिन बितिसक्दा पनि घटनाबारे जानकारी किन भएन भनेर बहिनीले पनि बताउन सकिरहेकी छैनन् । हाल बहिनीसँग पनि सोधपुछ जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि अनिश्चित बन्यो सुनिता र बुच पृथ्वीमा फर्किने मिति
-
आगलागीमा परी १० लाख बढीको क्षति
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर