विश्वका ३९ देशबाट नेपाल भित्रिन्छ स्याम्पो, १ अर्ब १२ करोड बाहिरियो
नेपालमा विश्वका ३९ वटा देशबाट स्याम्पो भित्रिने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार विश्वका तीन दर्जनभन्दा बढी मुलुकबाट नेपालमा स्याम्पो भित्रिने गरेको हो ।
गत आर्थिक वर्ष २०७८÷७९ मा स्याम्पो आयातमा मात्रै १ अर्ब १२ करोड ७४ लाख ५३ हजार रुपैयाँको बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १२ महिनाको अवधिमा उक्त मूल्य बराबरको स्याम्पो नेपाल भित्रिएको हो ।
जसमध्ये, दक्षिण छिमेकी मुलुकबाट ८१ करोड ३ लाख ४८ हजार रुपैयाँ बराबरको स्याम्पो आयात भएको छ । यस्तै, चीनबाट ७ करोड १९ लाख ४० हजार रुपैयाँको स्याम्पो भित्रिएको विभागको तथ्याङ्क छ । नेपालले अष्ट्रेलिया,बहराइन, बंगलादेश, बेल्जियम, ब्राजिल, बुल्गेरिया, क्यानडा, फ्रान्स, जर्मनी, कोरिया, मलेसिया, मेक्सिको, कतार, पोल्याण्ड, फिलिपिन्स, रुस, कुवेत, जापान, इटाली, इजरायल, इण्डोनेशियाबाट स्याम्पो आयात गर्छ । यस्तै, हङकङ, इस्टोनिया, ताइवान, स्वीट्जरल्याण्ड, टर्की, बेलायत र अमेरिका लगायत अन्य मुलुकबाट समेत स्याम्पो आउने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म