शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओप्पो ए ५७ नेपाली बजारमा

सोमबार, ०९ साउन २०७९, १४ : २५
सोमबार, ०९ साउन २०७९

ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए ५७ नेपाली बजारमा सार्वजनिक गरेको छ । ओप्पो ए ५७ मा तीव्र चार्जिङ र उच्च क्षमताको ब्याट्री रहेको कम्पनीले जनाएको छ ।  यसमा प्रयोगकर्ताहरूले ६.५६ इन्च कलर–रिच डिस्प्ले रहेको छ भने अल्ट्रा–लिनियर स्टेरियो स्पिकरहरू छन् ।  १३ एमपी रियर क्यामेराको नाइटस्केप मोड फिल्टरहरू र ८ एमपी फ्रन्ट क्यामेरा सेल्फीहरूको लागि एआई पोट्रेट रिटचिङले प्रयोगकर्ताहरूलाई राम्रो फोटो खिच्न मद्दत गर्दछ । 

ओप्पो ग्लो डिजाइन अन्तर्गत ओप्पो ए ५७ को पछाडिको भागलाई नैनो क्रिस्टलले ढाकेको छ । टुडी बडी डिजाइनले ७.९९ मिमी अल्ट्रा–थिन फ्रेमले फोनको चौडाइलाई घटाउँछ । यो स्मार्टफोन आईपीएक्स ४ वााटर रेसिस्टेन्स भएकाले प्रयोगकर्ताहरूले वर्षाका दिनहरूमा प्रयोग गर्दा चिन्ता लिनुपर्दैन ।

ओप्पो ए ५७ नेपालमा ओप्पो ग्लोइंग ग्रीन र ग्लोइंग ब्ल्याक कलरमा उपलब्ध छ । यसबाहेक, यसमा ४ जिबी रोम ६४ जिबी  र्‍याामसहित ४ जिबी विस्तारित र्‍याम सफ्टवेयर सहित उपलब्ध छ । यो फोनको मूल्य २३ हजार ४९९ रुपैयाँ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप