आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ बसपार्कस्थित गेष्ट हाउसमा १८ वर्षीया किशोरी बलात्कृत

सोमबार, ०९ साउन २०७९, १३ : २०
सोमबार, ०९ साउन २०७९

काठमाडौंमा एकजना १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।  उनलाई बलात्कार गरेको आरोपमा कञ्चनपुर पुनर्वास नगरपालिका–८ घर भएका २४ वर्षीय राकेश विकलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 
राकेशले ती किशोरीलाई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्क मित्रनगरस्थित गेष्ट हाउसमा बलात्कार गरेको प्रहरीले जनाएको छ । 

उक्त खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप