आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रियसभाबाट नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित

सोमबार, ०९ साउन २०७९, १३ : १५
सोमबार, ०९ साउन २०७९

राष्ट्रियसभाबाट नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको सोमबार बसेको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गरेका थिए ।

प्रस्तावको पक्ष र विपक्षमा ध्वनि मत विभाजन गर्दा प्रस्तावको पक्षमा सबैजसो सांसदले ‘हुन्छ’ भनेका थिए । ‘हुँदैन’ भन्ने पक्षमा आवाज नआएको भन्दै अध्यक्ष तिमिल्सिनाले प्रस्ताव पारित भएको घोषणा गरे । त्यसअघि राष्ट्रियसभामा उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफल भएको थियो । छलफलमा उठेका प्रश्नका सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिएपछि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप