राष्ट्रियसभाबाट नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित
सोमबार, ०९ साउन २०७९, १३ : १५
राष्ट्रियसभाबाट नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको सोमबार बसेको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गरेका थिए ।
प्रस्तावको पक्ष र विपक्षमा ध्वनि मत विभाजन गर्दा प्रस्तावको पक्षमा सबैजसो सांसदले ‘हुन्छ’ भनेका थिए । ‘हुँदैन’ भन्ने पक्षमा आवाज नआएको भन्दै अध्यक्ष तिमिल्सिनाले प्रस्ताव पारित भएको घोषणा गरे । त्यसअघि राष्ट्रियसभामा उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफल भएको थियो । छलफलमा उठेका प्रश्नका सम्बन्धमा गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिएपछि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण