४ घण्टा बसेर संसदीय विशेष समितिको बैठक सकियो, भोलि फेरि बस्ने

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोपमाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको आजका लागि बोलाइएको बैठक सकिएको छ । बिहान ८ बजेदेखि बसेको बैठक साढे ४ घण्टा बसेर भावी दिनमा कसरी काम गर्ने भनेर रणनीति बनाएर सकिएको समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।
सचिव अर्यालले भोलि बिहान ८ बजे पुनः समितिको बैठक बस्ने निर्णय भएको समेत बताए । यस्तै, आज बसेको बैठकमा सामान्य छलफल भएको र कोहीसँग पनि बयान नलिइएको उनको भनाइ छ । ‘आजको बैठकले भावी दिनमा कसरी अघि बढ्ने भनेर छलफल भयो,’ अर्यालले भने, ‘समितिलाई प्रतिनिधि सभाले दिएको समय भित्रै प्रतिवेदन लेखन सक्नुपर्ने विषयमा समेत छलफल भएको छ ।’
१० दिनको कार्य अवधि पाएर गठन भएको ११ सदस्यीय समितिले थप ७ दिनको समय पाएको छ । जसमध्ये अब जम्मा ३ दिन मात्रै बाँकी छ । यस अवधिमा समितिले प्रतिवेदन तयार पारेर प्रतिनिधि सभामा बुझाउनुपर्ने छ । तर, अहिलेसम्म अर्थमन्त्री शर्मामाथि लागेको आरोप पुष्टि हुने कुनै प्रमाण फेला पर्न सकेको छैन ।
यस्तै, समितिले गृह मन्त्रालयलाई सिंहदरबार छिर्ने दुईतर्फको गेटमा राखिएको सीसीटीभी फुटेज मगाएको छ । समितिले गृह मन्त्रालयमा पत्र लेख्दै यथाशीघ्र फुटेज उपलब्ध गराउन भने पनि अहिलेसम्म पाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियाली सेयर बजार रक्ताम्मे
-
शिक्षकहरूको मागअनुरुप विद्यालय शिक्षा ऐन पारित गर्न कांग्रेसको माग
-
दुई जना किशोरी बलात्कृत
-
अध्यादेशमार्फत ऐन बनाउने सरकारले शिक्षकका मागलाई बेवास्ता गर्नु निन्दनीय : माओवादी केन्द्र
-
सञ्चालनमा आयो हेटौँडा सिमेन्ट उद्योग, मंगलबारबाट क्लिङ्कर उत्पादन थाल्ने
-
रवि लामिछाने भैरहवा कारागारको चार नम्बर ब्लकमा