बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भीमसेन थापाको जन्मजयन्तीमा गोरखामा सार्वजनिक बिदा

सोमबार, ०९ साउन २०७९, १२ : ५३
सोमबार, ०९ साउन २०७९

गोरखाको भीमसेन थापा गाउँपालिकाले राष्ट्रिय विभूति भीमसेन थापाको जन्मजयन्तीको अवसरमा आज गाउँपालिकाभित्र सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय विभूति थापाको २४७ औं जन्मजयन्तीको अवसरमा  पालिकाभित्र सार्वजनिक बिदा दिइएको त्यहाँका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए ।

“यो गाउँपालिका थापाको जन्मथलो भएकाले उनको सम्झना र सम्मानमा आज जन्मजयन्तीको अवसर पारेर पालिकाभित्र सार्वजनिक बिदा दिइएको हो,” उनले भने । सार्वजनिक बिदाको दिन पालिका अन्तर्गतका सबै सरकारी कार्यालय, सङ्घसंस्था बन्द हुने गाउँपालिकाले जनाएको छ ।

जन्मजयन्तीका अवसरमा आजै गाउँपालिकाको वडा नं ८ स्थित थापाको जन्मथलो बोर्लाङको पिपलथोकस्थित हवेली दरबार परिसरमा निर्माण गरिएको थापाको पूर्ण कदको शालिक अनावरण गर्ने कार्यक्रमसमेत रहेको छ । “असार २९ गते बसेको गाउँ कार्यपालिकाको बैठकले पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो,” अध्यक्ष बन्जराले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप