शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

चरेशसहित किशोर काठमाडौँबाट पक्राउ

सोमबार, ०९ साउन २०७९, १२ : ५०
सोमबार, ०९ साउन २०७९

एक जना १८ वर्षीय किशोर लागू औषध चरेशसँगै पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१७ ईन्द्रायणी मन्दिर पुलबाट करिब ८ सय २० ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित ती युवा पक्राउ परेका हुन् ।

काठमाडौं महानगरपालिका-१३ कालिमाटी बस्ने दोलखा शैलुङ गाउँपालिका-८ घर भएका ती किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ थियो । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

उता सिरहाको धनगढीमाई नगरपालिका-६ मोथियाही बस्ने २६ वर्षीया शुसिला कुमारी यादवलाई करिब ३ किलो ३ सय ग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिका-१६ मिलन चोकस्थित जंगल नजिक बा.६ च ८६६६ नम्बरको पिकअप गाडीबाट करिब ४५ किलोग्राम अवैध लागूऔषध गाँजा आइतबार राति प्रहरीले बरामद गरेको छ । अस्थाई प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ उक्त स्थानमा गाडी छोडेर चालक फरार भएपछि गाडी जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप