बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

भरतपुरलाई देशको नमूना बनाउने उद्देश्य छ : मेयर दाहाल

सोमबार, ०९ साउन २०७९, १२ : ४१
सोमबार, ०९ साउन २०७९

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको विकासका लागि आफु निरन्तर अघि बढिरहेको बताएकी छन् । भरतपुर आँखा अस्पतालले आयोजना गरेको  अन्तर्राष्ट्रिय (आईएसओ) गुणस्तर चिन्ह हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरको विकास द्रुत गतिमा अघि बढेको बताइन् । भरतपुरलाई देशको नमूना र विकासको मोडल खडा गर्ने उद्देश्यसहित मैदानमा उत्रिरहेको उनको भनाई थियो ।

‘हामी कहिले पनि थाकेका छैनौ’ उनले भनिन्, ‘निरन्तर गतिका साथ अघि बढेका छौ । थाक्नेवाला पनि छैनौ । रोकिनेवाला पनि छैनौ । विकासका लागि सकेको कोशिस गरिराखेका छौ । लागि परिराखेका छौ ।’ मेयर दाहालले भरतपुर विमानस्थल विस्तारका गर्न बनेको कार्यदलले १५ दिनमा प्राविधिक प्रतिवेदन बुझाउने समयसीमा दिइएको जानकारी दिइन् ।

त्यस्तै निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो कामलाई अगाडि बढाउन कार्यदल बन्दैछ, यो कार्यदलले २१ दिनभित्र प्रतिवेदन बुझाउने उनको भनाई छ । यी दुवै कामलाई अगाडि बढाउन मन्त्रिपरिषदबाट निर्णय गर्नेगरी कामहरु अघि बढेको मेयर दाहालले उल्लेख गरिन् ।

भरतपुरबाट अबको केही समयमा विशेषज्ञसहितको स्वास्थ्यसेवा लिन स्वदेशबाट मात्रै नभई छिमेकी देशबाट पनि बिरामी आउने सम्भावना बढेको उनको धारणा थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप