शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेकपा’ कालको असंवैधानिक काम सच्याएकोमा प्रचण्ड र माधव नेपाललाई धन्यवाद :  जितेन्द्रनारायण देव

सोमबार, ०९ साउन २०७९, १२ : २८
सोमबार, ०९ साउन २०७९

राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले ‘नेकपा’कालमा भएका त्रुटि र असंवैधानिक कामलाई सच्याएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई धन्यवाद दिएका छन् ।

नागरिकता सम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै उनले अन्तरिम संविधान २०६३ र नागरिकता ऐन २०६३ दलहरुबीच सहमतिको दस्तावेज र क्रान्तिको दस्तावेज भएको बताए । अन्तरिम संविधानमा रहेका प्रावधानलाई जस्ताको तस्तै अहिलेको संविधानमा राखेको र एनआरएन, जन्मसिद्धका सन्तानबारे नयाँ संविधानमा केही व्यवस्था संश्लेषण गरेको उनको भनाई छ ।

उनले अहिलेको संविधानको अक्षर र भावना अनुसार नै नागरिकता सम्बन्धी विधेयक आएको दाबी गरे । ‘नेकपाकालमा भएको ऐतिहासिक गल्ती र असंवैधानिक कामलाई अहिले सच्याउने काम भएको छ । यसका लागि प्रचण्ड र माधवकुमार नेपाललाई धन्यवाद,’ उनले भने ।

अहिलेको संविधानमा संशोधन नगरेसम्म वैवाहिक अंगीकृतका बारेमा शर्तसहितको कुनै कानुन बनाउन नमिल्ने पनि उनको दाबी छ । ‘संविधानले नेपाली पुरुषसँग बिहे गरेर आउने विदेशी महिलालाई प्रक्रिया पु¥याएर नागरिकता दिने भनेको छ,’ उनले भने ।

राष्ट्रियसभाका अर्का सदस्य वेदुराम भुसालले वैवाहिक अंगीकृतबारे संविधानले ‘प्रकृया पूरा गर्ने’ भनेको उल्लेख गर्दै त्यो प्रक्रिया भनेको कानुनले बनाउनुपर्ने प्रस्ट पारे । उनले प्रस्तुत विधेयकमा केही सुधार हुनुपर्नेमा जोड दिँदै अहिले विवाद भएका विषयलाई अघि नबढाएर सहमति भएकालाई मात्र समेटेर जाउँ भन्ने प्रस्ताव गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप