‘नेकपा’ कालको असंवैधानिक काम सच्याएकोमा प्रचण्ड र माधव नेपाललाई धन्यवाद : जितेन्द्रनारायण देव
राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले ‘नेकपा’कालमा भएका त्रुटि र असंवैधानिक कामलाई सच्याएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई धन्यवाद दिएका छन् ।
नागरिकता सम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै उनले अन्तरिम संविधान २०६३ र नागरिकता ऐन २०६३ दलहरुबीच सहमतिको दस्तावेज र क्रान्तिको दस्तावेज भएको बताए । अन्तरिम संविधानमा रहेका प्रावधानलाई जस्ताको तस्तै अहिलेको संविधानमा राखेको र एनआरएन, जन्मसिद्धका सन्तानबारे नयाँ संविधानमा केही व्यवस्था संश्लेषण गरेको उनको भनाई छ ।
उनले अहिलेको संविधानको अक्षर र भावना अनुसार नै नागरिकता सम्बन्धी विधेयक आएको दाबी गरे । ‘नेकपाकालमा भएको ऐतिहासिक गल्ती र असंवैधानिक कामलाई अहिले सच्याउने काम भएको छ । यसका लागि प्रचण्ड र माधवकुमार नेपाललाई धन्यवाद,’ उनले भने ।
अहिलेको संविधानमा संशोधन नगरेसम्म वैवाहिक अंगीकृतका बारेमा शर्तसहितको कुनै कानुन बनाउन नमिल्ने पनि उनको दाबी छ । ‘संविधानले नेपाली पुरुषसँग बिहे गरेर आउने विदेशी महिलालाई प्रक्रिया पु¥याएर नागरिकता दिने भनेको छ,’ उनले भने ।
राष्ट्रियसभाका अर्का सदस्य वेदुराम भुसालले वैवाहिक अंगीकृतबारे संविधानले ‘प्रकृया पूरा गर्ने’ भनेको उल्लेख गर्दै त्यो प्रक्रिया भनेको कानुनले बनाउनुपर्ने प्रस्ट पारे । उनले प्रस्तुत विधेयकमा केही सुधार हुनुपर्नेमा जोड दिँदै अहिले विवाद भएका विषयलाई अघि नबढाएर सहमति भएकालाई मात्र समेटेर जाउँ भन्ने प्रस्ताव गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण