पार्किङ निषेध गरिएको ठाउँमा रोक्दा मन्त्रीको गाडीलाई जरिवाना
सोमबार, ०९ साउन २०७९, १२ : ११
ललितपुरको पुलचोकस्थित दमकल मोडमा पार्किङ निषेध गरिएको ठाउँमा रोक्दा मन्त्रीले चढ्ने गाडीलाई जरिवाना गरिएको छ ।
सोमबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राइले प्रयोग गर्ने बा २२ च २५८३ नम्बरको गाडीलाई जावलाखेलस्थित ट्राफिक प्रहरी वृत्तबाट खटिएका प्रहरीले जरिवाना गरेका हुन् । विपरीत दिशातर्फ फर्काएर नो पार्किङमा पार्क गरेको भेटेपछि सो गाडीलाई जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी बालनरसिंह राणाले रातोपाटीलाई बताए ।
पार्किङ निषेध गरिएको ठाउँमा रोकेको कसुरमा राइ चढ्ने गाडीलाई १ हजार रुपैयाँ जरिवाना गरिएको छ । गाडीमा संघीय संसद् सचिवालयले सांसद राइलाई संसद् भवन प्रवेश गर्न दिएको पत्रसमेत टाँस गरिएको थियो । सो गाडी मन्त्रीले निजी काममा प्रयोग गर्दै आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब