शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयकमाथिको छलफलमा उठ्यो सिक्किमको प्रसङ्ग

सोमबार, ०९ साउन २०७९, ११ : ५२
सोमबार, ०९ साउन २०७९

राष्ट्रियसभामा नागरिकता सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकका बारेमा सोमबार छलफलमा भाग लिँदै सांसदहरुले विभिन्न प्रश्न र आशंका प्रकट गरेका छन् । राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले विधेयकमा वैवाहिक अंगीकृतको विषयमा गरिएको केही व्यवस्थाले आशंका उब्जाएको बताइन् ।

अरु देशमा रहेका प्रचलनलाई समेत बेवास्ता गरेर वैवाहिक अंगीकृत नागरिकतामा समयसीमा हटाइएको भन्दै उनले आपत्ति जनाइन् । उनले राज्य व्यवस्था समितिमा लामो छलफलपछि राखिएका समयसीमा हटाइनु आशंकाको विषय भएको उनले बताइन् ।

‘सिक्किम भारतमा विलय रातारात भएको थिएन,’ उनले भनिन्, ‘यो कसको इन्ट्रेस्टमा आएको छ भन्ने प्रस्ट छ ।’ उनले यो विधेयकका त्रुटिपूर्ण प्रावधानलाई सच्याउनुपर्नेमा जोड दिइन् । उनले पितृत्वको पहिचान नभएका आमाको सन्तानले नागरिकता लिन स्वघोषणा गर्ने प्रावधान पनि उचित नभएको बताइन् ।

राष्ट्रियसभा सदस्य इन्दिरा गौतमले नागरिकतालाई सस्तो नबनाउन आग्रह गरिन् । यस्तै, गोपाल भट्टराईले विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेर आउने बित्तिकै नागरिकता प्राप्त गर्ने प्रावधान आपत्ति जनक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप