नागरिकता विधेयकमाथिको छलफलमा उठ्यो सिक्किमको प्रसङ्ग
राष्ट्रियसभामा नागरिकता सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकका बारेमा सोमबार छलफलमा भाग लिँदै सांसदहरुले विभिन्न प्रश्न र आशंका प्रकट गरेका छन् । राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले विधेयकमा वैवाहिक अंगीकृतको विषयमा गरिएको केही व्यवस्थाले आशंका उब्जाएको बताइन् ।
अरु देशमा रहेका प्रचलनलाई समेत बेवास्ता गरेर वैवाहिक अंगीकृत नागरिकतामा समयसीमा हटाइएको भन्दै उनले आपत्ति जनाइन् । उनले राज्य व्यवस्था समितिमा लामो छलफलपछि राखिएका समयसीमा हटाइनु आशंकाको विषय भएको उनले बताइन् ।
‘सिक्किम भारतमा विलय रातारात भएको थिएन,’ उनले भनिन्, ‘यो कसको इन्ट्रेस्टमा आएको छ भन्ने प्रस्ट छ ।’ उनले यो विधेयकका त्रुटिपूर्ण प्रावधानलाई सच्याउनुपर्नेमा जोड दिइन् । उनले पितृत्वको पहिचान नभएका आमाको सन्तानले नागरिकता लिन स्वघोषणा गर्ने प्रावधान पनि उचित नभएको बताइन् ।
राष्ट्रियसभा सदस्य इन्दिरा गौतमले नागरिकतालाई सस्तो नबनाउन आग्रह गरिन् । यस्तै, गोपाल भट्टराईले विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेर आउने बित्तिकै नागरिकता प्राप्त गर्ने प्रावधान आपत्ति जनक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण