आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

१५ अर्ब ६० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

सोमबार, ०९ साउन २०७९, ११ : ००
सोमबार, ०९ साउन २०७९

नेपाल राष्ट्र बैंकले मंगलबार १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिने र ९१ दिने गरी कुल १५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । 

उक्त बिलको सार्वजनिक बोलकबोलमार्फत सोमबार दिउँसो ३ बजे बाँडफाँड हुने बैंकले जनाएको छ । खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट बाँडफाँड हुने ट्रेजरी बिलको ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाटै र १५ प्रतिशत बिना प्रतिस्पर्धा बाँडफाँड हुने बैंकले जनाएको छ । बैंकका अनुसार २८ दिन बिलका लागि २ अर्ब रुपैयाँ र ९१ दिनका लागि १३ अर्ब ६० करोड रुपैयाँ छुट्याइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप