सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंक सम्मानित

सोमबार, ०९ साउन २०७९, १० : १४
सोमबार, ०९ साउन २०७९

सिद्धार्थ बैंक लिमिटेड बैंकिङ्ग क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०२०/२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो ।

उक्त अवार्ड शुक्रबार काठमाडौँको एभरेस्ट होटलमा आयोजित एक कार्यक्रममा महालेखा नियन्त्रक  सुमनराज अर्याल र आईक्यानका अध्यक्ष युद्ध राज ओलीद्वारा संयुक्त रुपमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुन्दर प्रसाद कँडेललाई हस्तान्तरण गरेका थिए । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले साउथ एसियन फेडरेसन अफ अकाउन्टेन्ट्सद्वारा दक्षिण एसियाली स्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप