शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

पूर्वराष्ट्रपति राजापाक्षेलाई गिरफ्तार गर्न माग

सोमबार, ०९ साउन २०७९, ०९ : ३१
सोमबार, ०९ साउन २०७९

एउटा मानवअधिकारवादी समूहले देशबाट भागेर सिंगापुर गएका श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाइ पक्राउ गर्न माग गरेको छ । दक्षिण एसियाली देश श्रीलंकाको  लामो गृहयुद्धमा उनको भूमिकालाई लिएर पूर्वराष्ट्रपति राजापाक्षेलाई गिरफ्तार गर्न अन्तर्राष्ट्रिय सत्य र न्याय परियोजना (आईटीजेपी)ले माग गरेको हो ।

श्रीलङ्कामा राजापाक्षेको शासन कालमा भएका मानव अधिकार दुरुपयोग र दुर्व्यवहारबारे दस्तावेजसमेत तयार पारेको आईटीजेपीले सिंगापुरका महान्यायाधिवक्ताको कार्यालयमा राजापाक्षेविरुद्ध आपराधिक उजुरी दायर गरेको हो ।

सन् २००९ मा गृहयुद्धको समयमा राजापाक्षेले देशको रक्षा प्रमुख हुँदा जेनेभा महासन्धिको गम्भीर उल्लङ्घन गरेको उक्त समूहले आरोप लगाएको छ । 

गत जुलाई १३ मा देश छोडेर भागेको एक दिनपछि राजापाक्षेले सिंगापुरबाटै राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । त्यसअघि सरकार विरोधी प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालय र सरकारी निवासमा प्रवेश गरेका थिए । 

प्रदर्शनकारी प्रवेश गर्नअघि राजपाक्षे सेनाको सहयोगमा गोप्य स्थानमा लुकेका थिए । लगत्तै उनी माल्दिभ्स पुगेका थिए । माल्दिभ्सबाट उनी सिंगापुर भागेका थिए । सिंगापुरबाटै उनले राजीनामा दिएका थिए । 

उनको राजीनामापछि श्रीलङ्कामा नयाँ राष्ट्रपति र प्रधानमन्त्री चयन भइसकेका छन् । राष्ट्रपति विक्रमासिंघेले प्रदर्शनकारीविरुद्ध कठोर नीति अंगीकार गरेको विश्लेषण हुन थालेको छ । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप