सेप्टेम्बरसम्म दक्षिणी युक्रेन पुनः कब्जा गर्छौँ : युक्रेन
फेब्रुअरीको सुरुमा रुसी सेनाको हातमा परेको युक्रेनका दक्षिणी क्षेत्र खेरसनलाई सेप्टेम्बरसम्म किभको सेनाले पुनः कब्जा गर्ने युक्रेनका एक अधिकारीले दाबी गरेका छन् । ‘हामी भन्न सक्छौँ कि खेरसन क्षेत्र निश्चित रूपमा सेप्टेम्बर सम्म मुक्त हुनेछ, र सबै कब्जाकर्ताहरूको योजना असफल हुनेछ’, खेरसन क्षेत्रका प्रमुखका सहयोगी सेर्गी खलानले युक्रेनी टेलिभिजनसँगको एक अन्तर्वार्तामा भने ।
युक्रेनी सेना पश्चिा देशहरुले सहयोग गरेको लामो दूरीको तोपखानाका कारण उत्साहित बनेको र पछिल्ला सातामा दक्षिणी खेरसोन क्षेत्रको केही भाग उसले फिर्ता गरिरहेको छ । ‘हामी भन्न सक्छौँ कि युद्धको मैदानमा एक मोड आएको छ । हामीले देख्छौँ कि युक्रेनको सशस्त्र बलहरू उनीहरूको सबैभन्दा भर्खरको सैन्य कारबाहीमा विजयी छन्’, खलानले भने ।
दक्षिणी खेर्सानका दुई प्रमुख पुल, रुसी हतियार भण्डारहरू र कमाण्ड पोस्टहरूमा युक्रेनी सेनाले हालै हमला गरेका थिए । ती हमला उक्त क्षेत्र फिर्ता गर्ने तयारीको हिस्सा भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा