शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा बाढीले घर र पावर स्टेसन जलमग्न

सोमबार, ०९ साउन २०७९, ०६ : ४२
सोमबार, ०९ साउन २०७९

पाकिस्तानको माथिल्लो कोहिस्तानमा आएको बाढीका कारण  कम्तीमा ५० घर र मिनी पावर स्टेसन डुबानमा परेका छन् । भारी वर्षाको कारण अचानक बाढी आएको र माथिल्लो कोहिस्तानको कान्डिया तहसीलमा ठूलो क्षति पुर्‍याएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए)का अधिकारीहरूले बताएका छन् । 

चित्राल र पेशावरमा भारी वर्षासँगै आएको बाढीमा पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको पीडीएमएले जनाएको छ । बाढीग्रस्त क्षेत्रमा उद्धारकर्ताहरूले परिचालन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप