आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी, महासचिवमा पौडेल (मत परिणामसहित)

आइतबार, ०८ साउन २०७९, २३ : १६
आइतबार, ०८ साउन २०७९

नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्ष शिव लम्साल विजयी भएका छन् । काँग्रेस नेताद्वय शेखर कोइराला र गगन थापा समूहका लम्साल ७४५ मत ल्याएर विजयी भएका हुन् । लम्सालका निकटतम प्रतिद्वन्द्वी अनिता बिन्दुले ६१२ मत ल्याएकी छन् । त्यस्तै संगठनको वरिष्ठ उपाध्यक्षमा प्रेम केसी निर्वाचित भएका छन् । उनले ६८५ मत ल्याएका छन् ।

केसीका निकटतम प्रतिद्वन्द्वी सरोज अधिकारीले ६६५ मत ल्याएका छन् । पदाधिकारीसहित केन्द्रीय कार्यसमितिका अधिकांश पदमा लम्साल प्यानलकै बाहुल्य रहेको छ  । युनियनको महासचिवमा लम्साल प्यानलकै दिलीप पौडेल निर्वाचित भएका छन् । पौडेल ८७८ मत ल्याएर विजयी भएका हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप