मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

कोलकातामा पनि मनाइयो भानु जन्मजयन्ती

आइतबार, ०८ साउन २०७९, २२ : ३९
आइतबार, ०८ साउन २०७९

कोलकातामा बसोबास गर्ने नेपाली समुदायले आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती मनाएका छन् । नेपाली जनकल्याण समिति (हावडा)को आयोजनामा आज आयोजित कार्यक्रममा सहभागी वक्ताले संस्कृत भाषालाई नेपाली भाषामा आदिकविले अनुवाद गरी नेपाली भाषाको विकास गर्न योगदान पुर्याएको चर्चा गरे ।

पश्चिम बङ्गालका समन्वय मन्त्री अरुप रायले कोलकाताको नजिकै रहेका हावडा सहर तथा त्यस वरपर क्षेत्रलाई आदिकवि भानुभक्तको नामबाट नामकरण गर्ने घोषणा गर्दै आदिकविको मूर्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
समितिका अध्यक्ष बद्री विक्रम थापाले विगत २५ वर्षदेखि आदिकविको स्मरणमा जन्मजयन्ती गर्दै आएको बताउँदै उनको सम्झनामा बिहानी पत्रिका २३ वर्षदेखि प्रकाशन गरिएको जानकारी दिए ।

संयुक्त नेपाली केन्द्रीय सेवा सङ्घको उपसभापति नरविक्रम थापाले नेपाली भाषा, साहित्य र संस्कृतिलाई संरक्षण गर्न आफू क्रियाशील रहेको बताए । आयोजक संस्थाका सल्लाहकार तथा वरिष्ठ पत्रकार धर्मराज बरालले विश्वभरका नेपालीलाई एकताबद्ध गरी जोड्ने काम आदिकविले गरेको चर्चा गर्दै उनको योगदानलाई अन्तर्राष्ट्रिय तहमा प्रचार गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा मन्त्री रायले बिहानी पत्रिका विमोचन गरेका थिए भने सोही कार्यक्रममा विद्यार्थी आशा उपाध्याय बरालले आदिकविको सम्झनामा कविता वाचन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप