दुई लाख केजी अवैध सुपारीसहित भारतीय आठवटा ट्रक नियन्त्रणमा
विराटनगर महानगरपालिका–१८ बाट अवैध सुपारी बोकेको आठ वटा भारतीय नंका ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत एवं प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले आज साँझ जारी गरेको जानकारीअनुसार बिहीबार राति १०ः३० बजे समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा सुपारी बोकेको ती भारतीय ट्रक नियन्त्रणमा लिएको हो ।
यसरी नियन्त्रणमा लिएका एमपी ०९ एचजी ८३२०, एमपी २२ एचआई ०३१, युपी ५० बिटी ७२७७, युपि ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८, युपी ६२ सिटी ०६२७ र युपी ४५ टिआई ६२४ नंका ट्रकबाट दुई लाख १९ हजार ५९६ किलोग्राम सुपारी प्रहरीले बरामद गरेको हो । अवैध सुपारीसहित नियन्त्रणका लिएका आठवटा ट्रकहरुलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति
-
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै