बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

महिला साफका लागि ५८ खेलाडी बन्द प्रशिक्षणमा बोलाइए

आइतबार, ०८ साउन २०७९, २१ : २१
आइतबार, ०८ साउन २०७९

राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक कुमार थापाले सेप्टेम्बर ६ देखि १९ सम्म काठमाडौँमा हुने साफ महिला च्याम्पियनसिपको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई बोलाएका छन् ।

बन्द प्रशिक्षण सोमबारदेखि सुरु हुनेछ । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगालदेश, मालदिभ्स, श्रीलङ्का र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

प्रारम्भिक टोली:

गोलकिपर: अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, कविता विक, सम्झना चौधरी, सावित्री किशन

डिफेन्डरः अमृता जैशी, गीता राणा, पुनम जर्घा मगर, हिरा कुमारी भुजेल, पूजा राना, विमला विक, सिर्जना सिंह, निशा ठोकर, सलोनी राना मगर, सिर्जना चेम्जोङ, समीक्षा घिमिरे, खुस्मा राई, गंगा गुरुङ, मोनिका कुस्वार, साब, साब, रासस रोजिना श्रेष्ठ, रेणुका हमाल, कुमारी तामाङ, रेविका पाण्डे, मोनिका पुलामी मगर

मिडफिल्डरः सुनकला राई, रेणुका नगरकोटे, दिलकुमारी राना मगर, पूर्णिमा हमाल, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा राई, इन्दिरा राई, मञ्जली कुमारी योञ्जन, निर्मला उपाध्याय, दीपा शाही, हिमा चौधरी, वीरेन्द्र चौधरी ऐयर, सुमित्रा सिंह पाख्रिन, दीपा न्यौपाने, सिर्जना खड्का, सञ्जु कुमाल

फरवार्डः सावित्रा भण्डारी, अनिता केसी, सरस्वती रोकाया, निर्मला विक, सविता राना मगर, रश्मीकुमारी घिसिङ, रजनी थोकर, चन्द्र भण्डारी, अमिषा कार्की, रेखा पौडेल, कुसुम खतिवडा, सदिपा भोलन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप