कल सेन्टरमा छापा प्रकरण : मुख्य लगानीकर्ता खोज्दै प्रहरी
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ स्थित जानकीनगरमा सञ्चालित कल सेन्टरमा प्रहरीले आइतबार छापा मारेर नियन्त्रणमा लिएकामध्ये ९ जना बाहेक अन्यलाई छाडिएको छ । एक भारतीय नागरिकले भाडामा लिएको फ्ल्याटमा सञ्चालित कल सेन्टरमा प्रहरीले छापा मारेर २ सयभन्दा बढीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।
सो कल सेन्टरमा दुई सयभन्दा बढी कम्प्युटर राखेर भारतीय नागरिकलाई ठगी गर्ने काम भइरहेको प्रहरीको भनाइ छ । विभिन्न मोबाइल एपको प्रयोग गरेर ठगी गरेको आरोपमा एक भारतीय र ८ जना नेपाली नागरिकलाई भने थप सोधपुछ तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय राखिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार भारतीय नागरिकलाई ऋण दिने बहानामा ब्याक मेलिङ्ग गर्ने, मोबाइलको विभिन्न एप प्रयोग गरेर ठगी गर्ने गरेको काम हुँदै आएको पाइएको छ ।
६ महिनादेखि योजनाबद्ध रूपमा लाखौँ रुपैयाँ लगानी गरेर कार्यालय स्थापना गरी ठगी गर्ने गिरोहको मुख्य लगानीकर्ताको खोजी भइरहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रवीन्द्र रेग्मीका अनुसार प्रहरीले नियन्त्रणमा लिएका भारतीय नागरिक बिहारका निरञ्जन कुमार हुन् । अन्य ८ जना नेपाली भने टिम लिडरजस्तै तहमा बसेर काम गर्ने कामदार हुन् ।
सोधपुछका क्रममा ती भारतीय नागरिकले कम्पनी चाइनाबाट सञ्चालन भएको बताएपछि प्रहरीले गहिरो गरी अनुसन्धान गर्न थालेको हो । जिल्ला प्रहरी प्रमुख रेग्मीका अनुसार भारतीय नागरिकले चाइनिजको लगानीमा कम्पनी खोलिएको बयान दिएकाले यसबारे सुक्ष्म ढंगले अनुसन्धान थालिएको छ । ठगी धन्दाबाट पीडित हुनेमा सबै भारतीय नै हुन् या नेपाली पनि छन् भन्नेबारे समेत प्रहरीले अनुसन्धान थालेको छ ।
ब्रान्डेड कम्प्युटरहरू राखेर १६ देखि २२ वर्षसम्मका युवायुवतीलाई राखेर कल सेन्टर सञ्चालन हुँदै आएको पाइएको छ । सो कल सेन्टरमा काम गर्ने धेरैजसो बुटवलका विभिन्न कलेजका विद्यार्थी छन् । सर्वसाधारणको मोबाइलमा ह्वाट्सएप र फेसबुक प्रयोग गरेर ‘तपाईलाई चिट्ठा प¥यो, भन्सारमा समान आयो, मलाई समस्या प¥यो, मेरो एकाउन्ट पैसा हाली दिनुस्’ भनेर ठगीको जालो बिछ्याउने र सोझा नागरिकलाई ठग्ने काम भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं डीएसपी ठगबहादुर केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
