बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

युरोपका ४४ देशमा ‘प्रेमगञ्ज’ रिलिज हुने

आइतबार, ०८ साउन २०७९, २० : ४३
आइतबार, ०८ साउन २०७९

फिल्म ‘प्रेमगञ्ज’ युरोपका जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्ड लगायत युरोपका ४४ देशमा प्रदर्शन हुनेछ । फिल्मलाई युरोपका बिभिन्न देशमा लोकाह फिल्म इन्टरनेशनलले युरोप प्रदर्शन गर्न लागेको हो । 

फिल्मका निर्देशक परिच्छेद सेन हुन् । आइतबार निर्माण टिमले एक विज्ञप्ति जारी गर्दै विदेशी फिल्मझैं ‘प्रेमगञ्ज’ पनि युरोपको हलमा नै प्रदर्शन हुने जानकारी गराएको छ । नेपाल र युरोपमा फिल्म एकसाथ प्रदर्शन हुनेछ ।

फिल्मका निर्देशक तथा लेखक परिच्छेद सेनले युरोपमा फिल्मको प्रदर्शन अधिकार बिक्री गर्नुको उद्देश्य पैसाका लागि मात्र नभइ नेपाली फिल्मको प्रदर्शनका लागि ढोका खोल्नु रहेको बताए । यसले भविष्यमा निर्माण हुने अन्य नेपाली फिल्मलाई पनि बाटो खुल्ने उनको विश्वास छ । भारतमा पनि फिल्म प्रदर्शनका लागि प्रतिष्ठित कम्पनी पिभिआरसँग निरन्तर छलफल भइरहेको उनले जानकारी दिए ।

राजु फुयाँल प्रस्तुतकर्ता र अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मले दुई कालखण्डको प्रेमकथा प्रस्तुत गरेको छ । फिल्ममा सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन छ । फिल्ममा बेनिशा हमाल, तेज गिरी, राइडर प्रशन, सुप्रिया खनाल, रश्मी भट्ट, गीता अधिकारी, नरेश पौडेल, सञ्जोग रसाइली, पवन भट्टराई लगायतको अभिनय छ, भने अभिनेत्री सुरक्षा पन्त गेस्ट भूमिकामा छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप