सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

सुर्खेतमा १६ क्विन्टल काइनेट ढुङ्गासहित एक जना पक्राउ

आइतबार, ०८ साउन २०७९, २० : ३७
आइतबार, ०८ साउन २०७९

सुर्खेत प्रहरीले १६ क्विन्टल काइनेट ढुङ्गासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ समावेशी टोलका ३२ वर्षीया दिपकबहादुर बस्नेत रहेका छन् । 

प्रहरीले उनलाई गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी सुरज कार्कीका अनुसार अवैद्य काईनेटिक ढुंगाको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो ।

उनले भने,‘ घरको कोठा भित्र प्लाष्टिकको थैलोहरुमा लुकाई छिपाई राखेको कालो, सेतो रंगको अवैध उत्खनन् गरी ल्याएको खनिज पदार्थ (काईनेटिक ढूङ्गा) १६ क्विन्टल ९१ किलो सात सय ग्राम रहेको छ ।’ कार्कीले बस्नेतलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि खानि तथा भूगर्भ कार्यालयमा बुझाइएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप