शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

‘मेक इन नेपाल’मा ६२ वटा उद्योग आबद्ध भइसके – अध्यक्ष अग्रवाल

आइतबार, ०८ साउन २०७९, २० : ३०
आइतबार, ०८ साउन २०७९

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल सरकारसँगको साझेदारीमा ‘मेक इन नेपाल–स्वदेशी’ बहुवर्षीय अभियान संचालन गरिरहेको बताएका छन् । घरेलु औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउने अभियानको मुख्य लक्ष्य रहेको उनले बताएका हुन् ।

परिसंघको १९औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । ‘परिसंघले यसै उद्देश्य प्राप्तिका लागि भर्खरै मेक इन नेपाल सम्मेलन सम्पन्न गर्यो,’ अग्रवालले भने, ‘वस्तु र सेवाहरुको उच्च गुणस्तर एवं उचित मूल्यको मानाङ्क कायम गर्न छुट्टै स्वदेशी लोगो प्रयोगमा ल्याइएको छ ।’ स्वदेशी अभियानमा जोडिएका उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको प्रबद्र्धन गर्ने, कामदारहरूको सीप अभिबृद्धि गर्ने जस्ता काममा परिसंघले सहयोग गर्दै आएको उनको भनाइ छ । 

यस योजनाअन्तर्गत परिसंघले वार्षिक १ लाख ५० हजार औद्योगिक रोजगारी सिर्जना गर्ने, उद्योग विभागमा वार्षिक १ हजार नयाँ उद्योग दर्ता गर्ने वातावरण बनाउने र ५ वर्षमा निर्यात ४.६ अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य लिएको छ । यस्तै, सन् २०३० सम्ममा कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान २५ प्रतिशतमा  पु¥याउने  लगायतका लक्ष्य समेत ‘मेक इन नेपाल’को लक्ष्य छ । हालसम्म ‘मेक इन नेपाल–स्वदेशी’ बहुवर्षीय अभियानमा करिब २ खर्बको कारोबार गरिरहेका र १५ हजार भन्दा बढीलाई रोजगारी दिइरहेका ६२ स्वदेशी कम्पनीहरू आवद्ध भइसकेका छन् । यसले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्दै स्वदेशी अर्थतन्त्र बलियो बनाउने यो महाअभियानमा सहयोग पुगिरहेको अध्यक्ष अग्रवालले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप