‘मेक इन नेपाल’मा ६२ वटा उद्योग आबद्ध भइसके – अध्यक्ष अग्रवाल
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल सरकारसँगको साझेदारीमा ‘मेक इन नेपाल–स्वदेशी’ बहुवर्षीय अभियान संचालन गरिरहेको बताएका छन् । घरेलु औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउने अभियानको मुख्य लक्ष्य रहेको उनले बताएका हुन् ।
परिसंघको १९औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् । ‘परिसंघले यसै उद्देश्य प्राप्तिका लागि भर्खरै मेक इन नेपाल सम्मेलन सम्पन्न गर्यो,’ अग्रवालले भने, ‘वस्तु र सेवाहरुको उच्च गुणस्तर एवं उचित मूल्यको मानाङ्क कायम गर्न छुट्टै स्वदेशी लोगो प्रयोगमा ल्याइएको छ ।’ स्वदेशी अभियानमा जोडिएका उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको प्रबद्र्धन गर्ने, कामदारहरूको सीप अभिबृद्धि गर्ने जस्ता काममा परिसंघले सहयोग गर्दै आएको उनको भनाइ छ ।
यस योजनाअन्तर्गत परिसंघले वार्षिक १ लाख ५० हजार औद्योगिक रोजगारी सिर्जना गर्ने, उद्योग विभागमा वार्षिक १ हजार नयाँ उद्योग दर्ता गर्ने वातावरण बनाउने र ५ वर्षमा निर्यात ४.६ अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य लिएको छ । यस्तै, सन् २०३० सम्ममा कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान २५ प्रतिशतमा पु¥याउने लगायतका लक्ष्य समेत ‘मेक इन नेपाल’को लक्ष्य छ । हालसम्म ‘मेक इन नेपाल–स्वदेशी’ बहुवर्षीय अभियानमा करिब २ खर्बको कारोबार गरिरहेका र १५ हजार भन्दा बढीलाई रोजगारी दिइरहेका ६२ स्वदेशी कम्पनीहरू आवद्ध भइसकेका छन् । यसले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्दै स्वदेशी अर्थतन्त्र बलियो बनाउने यो महाअभियानमा सहयोग पुगिरहेको अध्यक्ष अग्रवालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?