बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

चीनमा एमबीबीएस पुरा गर्न नपाएका विद्यार्थीले नेपालमै अध्ययन गर्न पाउने

आइतबार, ०८ साउन २०७९, १८ : ४८
आइतबार, ०८ साउन २०७९

चीनमा एमबीबीएस पुरा गर्न नपाएका विद्यार्थीले नेपालमै अध्ययन गर्न पाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलले कोभिड–१९ कारण चीनमा एमबीबीएस पुरा गर्न नपाइ स्वदेश फर्किएका २०१६ ब्याचका विद्यार्थीले नेपालमै पढ्न पाउने जनाएको हो ।  

सन् २०१६ ब्याचका विद्यार्थीलाई अन्तिम दुई वर्षको पढाई नेपालमै गर्न सक्ने व्यवस्था मिलाएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए ।  सन् २०१६ ब्याचका करिब १३५ जना एमबीबीएसका विद्यार्थीको बाँकी पढाई अवधी र इन्टर्नसीप गरी बढीमा दुई वर्षको अध्ययन नेपालमै गर्न सक्ने गरी अनुमति दिइएको डा. अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप