आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पायक पर्ने स्थानमा मतदानस्थल र मतदान केन्द्र सिफारिसका लागि सहजीकरण गर्न आयोगको आग्रह

आइतबार, ०८ साउन २०७९, १७ : ३३
आइतबार, ०८ साउन २०७९

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रुपबाट सम्पन्न गर्न आयोगले मतदानस्थल र मतदान केन्द्र पुनरावलोकनको कार्य कार्ययोजना बनाएको छ । 
आयोगले त्यसका लागि असार ३१ गतेको निर्णयअनुसार साउन १ गतेदेखि भदौ ७ गतेसम्म कार्यक्रम सञ्चालन हुनेगरी कार्यक्रम स्वीकृत गरी जिल्ला जिल्लामा पठाई सकेको जनाएको छ ।

सोही कार्यलाई प्रभावकारी बनाउन श्रावण ८ गते आज मतदानस्थल तथा मतदान केन्द्र निर्धारण समन्वय समितिको बैठक बसेर आवश्यक पूर्वाधार सहितको पायक पर्ने स्थानमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरी पुनरावलोकन गर्दै सिफारिस गरी पठाउन सरोकारवाला निकायलाई आग्रह गर्दै सरकारलाई सहजीकरण गर्न अनुरोध गरेको छ । 

‘आवश्यक सहयोग, सहजीकरण र समन्वय गरिदिन नेपाल सरकार, गृह मन्त्रालय, अर्थ मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयहरूलाई अनुरोध गर्ने तथा जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट आयोजना गरिएको छलफल कार्यक्रम र बैठकमा अनिवार्य रुपमा सहभागी हुनका लागि सम्बन्धित राजनीतिक दलका जिल्लास्तरीय संगठनलाई आवश्यक निर्देशन हुन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई पत्राचार गर्ने निर्णय भएको छ’, आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप