आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पा खेलकुद विकास समितिका तत्कालीन कार्यालय प्रमुख र अध्यक्षविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर

आइतबार, ०८ साउन २०७९, १७ : २६
आइतबार, ०८ साउन २०७९

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेलकुद विकास समिति पाल्पाका तत्कालीन कार्यालय प्रमुख र अध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । तत्कालीन कार्यालय प्रमुख तारा बहादुर थापा र अध्यक्ष करुणा काफ्लेले फर्जी कागजात बनाएर भ्रष्टाचार गरेको आरोपमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार उनीहरुले आर्थिक वर्ष २०७३/०७४ र २०७४/०७५ मा फर्जी कागजात तयार गरी रकम भुक्तानी दिई जिल्लाको रामपुर बहुउद्देश्यीय कभर्डहलमा भ्रष्टाचार गरेका हुन् । उनीहरुलाई ९ लाख ९० हजार बिगोसहित कैद सजायको माग गरिएको अख्तियारले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप