नागरिकता विधेयक दुवै कोणबाट गलत छ भन्ने पहिल्यै बोलिसकेको छु : श्रेष्ठ
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नागरिकता विधेयकका विषयमा पारित हुनुभन्दा अघि नै दुबै कोणबाट बोलिसकेको बताएका छन् । पुष्पलाल मित्रता केन्द्रद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले नागरिकता विधेयकको अन्तरवस्तु र पद्दति दुवै कोणबाट बोलिसकेको बताए ।
‘नागरिकता विधेयक यसअघि राष्ट्रिय सभामा आउँदा बोलिसकेको छु । अहिलेको सरकारले नागरिकता विधेयक यसरी ल्याउन मिल्छ ? यो अन्तरवस्तु र पद्दति दुवै कोणबाट गलत छ । यो पारित हुनुभन्दा पहिल्यै राष्ट्रियसभामा बोलेको छु’ श्रेष्ठले भने, ‘पारित हुनुभन्दा अघि ठाउँमा बोल्नु छैन । पछि बोलेर अर्थ हुन्छ ? आफ्नो पार्टीमा पनि राखे राष्ट्रियसभामा बोले । किन गलत छ ? भनेर सार्वजनिक बहस गरिसकेको छु ।’
अहिलेको समस्या विचारको स्पष्टता नभएको बताउँदै श्रेष्ठले वैचारिक सांस्कृतिक स्खलनको समस्या भएको टिप्पणी गरे । अहिले राजनीतिक नेतृत्वमा निष्ठा कमजोर हुँदै जाँदा समस्या भइरहेको समेत उनले बताए । तत्कालीन राजनीतिक स्वार्थ बढ्दै जाँदा स्वार्थहरु टकराउने गरेको श्रेष्ठको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण